कतारमा फुटबल विश्वकपका अधिकारीले समलैंगिकतालाई भने ‘दिमागी गडबडी’

कतारमा फुटबल विश्वकपका अधिकारीले समलैंगिकतालाई भने ‘दिमागी गडबडी’

कहिरन समाचार

कतारमा हुन लागेको फुटबल विश्वकपका राजदूतले समलैंगिकतालाई‘दिमागको गडबडी’ भनेका छन् । ह्युमन राइट्स वाचले उनको बयानलाई ‘हानिकारक र अस्वीकार्य’ भनेको छ ।

कतारका पूर्व अन्तर्राष्ट्रिय फुटबलर र यस विश्वकपका लागि देशका राजदूत खालिद सलमानले जर्मन प्रसारक जेडडीएफको एउटा डकुमेन्ट्रीमा प्रतियोगितामा भाग लिने यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो नियम स्वीकार गर्नुपर्ने शर्त राखेका छन् ।

सलमानले भने, ‘समलैंगिकता हराम हो, तपाईंलाई थाहा छ नि हराम भनेको के हो ?’ यो हराम किन हो भनेर सोध्दा उनले भने, ‘म कट्टर मुस्लिम होइन तर यो किन हराम हो ? किनभने यो दिमागको गडबडी हो ।’

यो अन्तरवार्ता मंगलबार प्रसारण हुने वृत्तचित्रको अंश हो । २०२२ को विश्वकपका लागि एम्बेसडरका रूपमा सलमानले अन्तरवार्ता दिइरहेका थिए, सलमानसँगै कैफु, शावी अर्नान्डेजलगायत धेरै फुटबल खेलाडीलाई राजदूत बनाइएको छ ।

ह्युमन राइट्स वाचका वरिष्ठ अनुसन्धानकर्ता रशा युनुसले भनेकी छिन्, ‘समलिङ्गी आकर्षण ‘दिमागको गडबडी’ हो भन्ने सलमानको विश्वास हानिकारक र अस्वीकार्य छ ।’ ‘यस्ता खालका गलत जानकारीसँग जुध्न कतार सरकारको विफलता कतारको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको जीवनमा महत्वपूर्ण प्रभाव पर्छ ।’

कतारमा फुटबल विश्वकपका अधिकारीले समलैंगिकतालाई भने ‘दिमागी गडबडी’

कतारमा हुन लागेको फुटबल विश्वकपका राजदूतले समलैंगिकतालाई‘दिमागको गडबडी’ भनेका छन् । ह्युमन राइट्स वाचले उनको बयानलाई ‘हानिकारक र अस्वीकार्य’ भनेको छ ।

कतारका पूर्व अन्तर्राष्ट्रिय फुटबलर र यस विश्वकपका लागि देशका राजदूत खालिद सलमानले जर्मन प्रसारक जेडडीएफको एउटा डकुमेन्ट्रीमा प्रतियोगितामा भाग लिने यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो नियम स्वीकार गर्नुपर्ने शर्त राखेका छन् ।

सलमानले भने, ‘समलैंगिकता हराम हो, तपाईंलाई थाहा छ नि हराम भनेको के हो ?’

यो हराम किन हो भनेर सोध्दा उनले भने, ‘म कट्टर मुस्लिम होइन तर यो किन हराम हो ? किनभने यो दिमागको गडबडी हो ।’

यो अन्तरवार्ता मंगलबार प्रसारण हुने वृत्तचित्रको अंश हो ।

२०२२ को विश्वकपका लागि एम्बेसडरका रूपमा सलमानले अन्तरवार्ता दिइरहेका थिए, सलमानसँगै कैफु, शावी अर्नान्डेजलगायत धेरै फुटबल खेलाडीलाई राजदूत बनाइएको छ ।

ह्युमन राइट्स वाचका वरिष्ठ अनुसन्धानकर्ता रशा युनुसले भनेकी छिन्, ‘समलिङ्गी आकर्षण ‘दिमागको गडबडी’ हो भन्ने सलमानको विश्वास हानिकारक र अस्वीकार्य छ ।’

‘यस्ता खालका गलत जानकारीसँग जुध्न कतार सरकारको विफलता कतारको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको जीवनमा महत्वपूर्ण प्रभाव पर्छ ।’