इरानी सुरक्षाबलको कारबाहीमा १० जनाको मृत्यु

इरानी सुरक्षाबलको कारबाहीमा १० जनाको मृत्यु

कहिरन समाचार

देशको दक्षिणपूर्वी भागमा भएको विरोध प्रदर्शनमा इरानी सुरक्षा बलले दमन गर्दा बालबालिकासहित १० जनाभन्दा बढीको ज्यान गएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

शुक्रबार धेरै ट्विटर पोष्टहरूमा एम्नेस्टीले भनेको छ की सुरक्षा बलले सिस्तान र बलुचेस्तान प्रान्तको खाश शहरमा गभर्नरको कार्यालय र अन्य धेरै भवनहरूको छतबाट शान्तिपूर्ण प्रदर्शनकारीलाई प्रत्यक्ष गोलीबारी चलाएको थियो ।

छिमेकी पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको यो प्रान्त लामो समयदेखि उत्पीडित सुन्नी मुस्लिम बलुच जातीय अल्पसंख्यक सदस्यहरूको घर हो र त्यहाँ अशान्तिको लामो इतिहास छ ।

तेहरानमा नैतिकता प्रहरीको हिरासतमा मृत्यु भएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शनबीच शुक्रबार हिंसा भएको हो । प्रहरी प्रमुखद्वारा एक बलुच बालिकालाई बलात्कार गरेको आरोपपछि सिस्तान र बलुचेस्तान राज्यको राजधानी जाहेदानमा हालै ठूलो प्रदर्शन भएको छ ।