पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० को मृत्यु

पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० को मृत्यु

कहिरन समाचार

पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् ।

सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो ।

मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।