अमेरिकी ड्रोन हमलामा अल–जवाहिरी मारिएपछि साउदी अरबले के भन्यो ?

अमेरिकी ड्रोन हमलामा अल–जवाहिरी मारिएपछि साउदी अरबले के भन्यो ?

कहिरन समाचार

साउदी अरबले अल–कायदाका नेता आयमन अल–जवाहिरीको हत्या गरेकोमा अमेरिकाको प्रशंसा गरेको छ ।

साउदी अरबको विदेश मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘अमेरिकाका राष्ट्रपति जो बाइडेनको तर्फबाट आतंकवादी र अल–कायदाका नेता आयमन अल–जवाहिरीको हत्याको घोषणाको साउदी अरब स्वागत गर्दछ ।’

जो बाइडनेले अबेर राती गरेको घोषणामा शनिबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी अर्थात् सीआईएले अफगानिस्तानको राजधानी काबुलमा आतंकवाद विरोधी अभियान चलाएको र त्यसैमा अल–जवाहिरीको मृत्यु भएको जानकारी दिए ।

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले पनि अल–जवाहिरीको हत्यापछि बाइडेन प्रशासनको प्रशंसा गरेका छन् ।

उनले ट्विटमा लेखेका छन्, ‘९–११ हमला भएको २० वर्षभन्दा बढी समय बितिसकेपछि यो हमलाका मास्टरमाइन्ड ओसामा बिन लादेनका उत्तराधिकारी अल–जवाहिरीले अन्ततः सजाय पाए ।’