२३ किलो सुन ११ लाख नगद लुटपाटमा संलग्न दुई पक्राउ

२३ किलो सुन ११ लाख नगद लुटपाटमा संलग्न दुई पक्राउ

कहिरन समाचार

राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फुन्टुश कुमारलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ । तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन ।

गत अगस्त २९ गते पाँचजनाको हतियारधारी समूहले यो घटना गराएको थियो । प्रहरीका अनुसार बिहारका यी दुवै अभियुक्त लुटपाटपछि त्यहाँ गएका थिए । उनीहरु कुनै अन्य लुटका लागि रेकी गर्न चित्तौडगढ आएका थिए ।