पेनी बेलायत प्रधानमन्त्रीको दौडमा पहिलो उम्मेदवार बनिन्

पेनी बेलायत प्रधानमन्त्रीको दौडमा पहिलो उम्मेदवार बनिन्

कहिरन समाचार

बेलायतको प्रधानमन्त्री पदको दौडमा पेनी मोर्डन्टले औपचारिक रूपमा आफ्नो उम्मेदवारी पेस गरेकी छन् । यसरी लिज ट्रसको राजीनामापछि कन्जरभेटिभ पार्टीको नेताको चुनावमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् । मोर्डन्टले सामाजिक सञ्जाल ट्वीटरमा यसको घोषणा गरेको हो ।

बोरिस जोनसनको राजीनामा पछि जुलाईमा कन्जरभेटिभ पार्टीको नेताको चुनावमा उनी तेस्रो स्थानमा रहेकी थिइन्। त्यसपछि उनले ऋषि सुनकको सट्टा लिज ट्रसलाई समर्थन गरेकी थिइन्। बदलामा उनलाई हाउस अफ कमन्सको नेता र प्रिवी काउन्सिलको अध्यक्ष बनाइयो। मोर्डन्टले अहिलेसम्म सांसद जोन लामन्ट, मारिया मिलर, बब सिली र डेमियन कोलिन्सको समर्थन प्राप्त गरिसकेकी छन्।