भारत–चीन सीमामा झडप भएको खुलासा

भारत–चीन सीमामा झडप भएको खुलासा

कहिरन

सीमा तनाव कम गर्न भारत र चीनबीच कूटनीतिक र सैन्य वार्ता भइरहेका बेला पनि चिनियाँ सेनाले पूर्वी लद्दाखको भारत नियन्त्रित क्षेत्रमा आक्रमण गरेको खुलासा भएको छ ।

अनलाइन न्यूज पोर्टल द प्रिन्टमा प्रकाशित समाचार अनुसार सेप्टेम्बर २०२१ र नोभेम्बर २०२२ को बीचमा चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा कम्तिमा दुई पटक भारतीय सैन्य स्थानमा आक्रमण गरेका थिए। पछिल्लो जानकारी अनुसार यस क्रममा दुई पक्षबिच झडप भएको थियो जसमा धेरै चिनियाँ सैनिक घाइते भएका थिए।

वेबसाइटका अनुसार हालै भारतीय सेनाका दुई कमाण्डहरूले नयाँ सैनिकहरूको लागि एक समारोह आयोजना गरेका थिए जसमा भारतीय र चिनियाँ सैनिकहरूबिच झडप भएको उल्लेख गरिएको थियो। समारोहमा यी झडपहरूमा भारतीय सैनिकहरूको बहादुरीको प्रशंसा गरिएको थियो । त्यहाँ सैनिकहरूहरूलाई सम्मानसमेत गरिएको थियो।

अगस्ट २०२० मा गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच सशस्त्र झडप भएको खबर आएको वेबसाइटले लेखेको छ । तर, दुवै पक्षका सैनिकबिच झडप भएको यो पहिलो पटक भने होइन । यसअघि पनि दुवै पक्षका सैनिकबीच पटकपटक झडप भइसकेको छ जसमा एकपटक दुवै पक्षबिच रातभर झडप भएको थियो ।