फ्रान्समा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिइन्

फ्रान्समा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिइन्

कहिरन

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी नागरिकहरूलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानुन राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो ।

म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनी फ्रान्सको दोस्रो महिला प्रधानमन्त्री थिइन् ।

राष्ट्रपति म्याक्रोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म बोर्नले काम चलाऊ सरकारको रूपमा काम गर्न भनिएको छ ।