उत्तर प्रदेशका भाजपा विधायक गिरिको मृत्यु

उत्तर प्रदेशका भाजपा विधायक गिरिको मृत्यु

कहिरन समाचार

उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको छ ।

उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो ।मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।