डेनमार्ककी महारानीले नयाँ वर्षको सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा

डेनमार्ककी महारानीले नयाँ वर्षको सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा

कहिरन

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन्। उनले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन् ।

त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ। ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले घोषणा गरिन् । ८३ वर्षीया मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् भने उनी युरोपमा सबैभन्दा लामो समयसम्म पदमा रहेकी छन् ।

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचारपछि यो निर्णय गरेको खुलासा गरिन्। प्रधानमन्त्री मेटे फ्रेडरिकसनले रानीलाई उनको सेवाको लागि धन्यवाद दिएका छन्।