टर्कीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

टर्कीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

कहिरन

सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीवार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । राज्य सञ्चालित टीआरटी प्रशारककाअनुसार उक्त दुर्घटना उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको थियो ।

राजमार्गको इस्तानबुल दिशाको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीनवटा बस र एउटा ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो ।

साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाइएको बताए ।