कङ्गोमा भारी वर्षा, ४० जनाको मृत्यु

कङ्गोमा भारी वर्षा, ४० जनाको मृत्यु

कहिरन

कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तीमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जनाको निधन भएको हो ।

प्रान्तीय अधिकारीहरूले पीडितहरूको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् । मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाको कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तीमा ४३८ शव फेला परेका थिए ।

स्थानीय अधिकारीहरूले ५ भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् । सेप्टेम्बरदेखि मेसम्म चल्ने वर्षाको मौसममा कङ्गोमा बाढी र पहिरोहरूका घटनाहरू अत्यधिक हुने गर्दछन् ।