गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार

गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार

कहिरन

गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबिच वेस्ट बैङ्कमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३०१ र घाइतेको सङ्ख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ ।

गाजामा पछिल्लो२४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमास विरुद्ध युद्धसुरु गरेको थियो ।

जसमा इजरायली अधिकारीहरूकाअनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ । मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।