आइसल्याण्डको रेकजानेस प्रायद्वीपमा ज्वालामुखी विस्फोट

आइसल्याण्डको रेकजानेस प्रायद्वीपमा ज्वालामुखी विस्फोट

कहिरन

आइसल्याण्ड । हप्तौँको भूकम्पीय गतिविधिपछि दक्षिण पश्चिम आइसल्याण्डको रेकजानेस प्रायद्वीपमा ज्वालामुखी विस्फोट भएको छ । यसअघि ग्रिनडाभिकका ४ हजार बासिन्दालाई स्थानान्तरण गरिएको थियो ।

बीबीसीका अनुसार उक्त सहरको उत्तरतर्फ स्थानीय समयअनुसार सोमबार १०ः१७ बजेदेखि ज्वालामुखी विस्फोट हुन सुरु भएको थियो । गत अक्टोबरको अन्त्यदेखि राजधानी रेकजाभिकमा भूकम्पीय गतिविधिहरू महसुस हुँदै आएको थियो ।

सामाजिक सञ्जालमा साझा गरिएका तस्बिर र भिडियोमा ज्वालामुखीबाट लाभाहरु निस्किरहेको देख्न सकिन्छ । मेट अफिसका अनुसार ज्वालामुखीको जमिनमा परेको प्वाल करिब ३।५ किलोमिटर लामो रहेको छ । त्यहाँबाट १०० देखि २०० क्युबिक मिटर प्रतिसेकेन्डको दरमा लाभा निस्किरहेको छ । कार्यालयका अनुसार पछिल्लो समयको यो सबैभन्दा ठुलो विस्फोट हो ।