मणिपुर : काङपोकपी जिल्लामा आज २३ शवको सामूहिक दाहसंस्कार

मणिपुर : काङपोकपी जिल्लामा आज २३ शवको सामूहिक दाहसंस्कार

कहिरन

मणिपुरमा मारिएका कुकी–जो जनजातिका शवहरु शुक्रबार कांगपोकपी जिल्लामा सामूहिक दाहसंस्कार गरिने भएको छ। दाहसंस्कार कार्यक्रम स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ।

राज्यमा भएको हिंसाको विरोधमा शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण काङपोकपी जिल्लामा १२ घण्टा बन्दको आह्वान गरिएको छ । सदर पहाडको आदिवासी एकता समिति (कोटु)ले यस जिल्लाका सबै कुकी-जोवासीलाई शुक्रबार ‘शोक दिवस’ मनाउन र घर–घरमा कालो झण्डा फहराउन निर्देशन दिएको छ ।

बीबीसीलाई प्राप्त जानकारीका अनुसार २३ वटा शव काङपोकपी जिल्लाको फैजाङ गाउँमा गाडिनेछ । समाचारका अनुसार शव सामूहिक दाहसंस्कार कार्यक्रमको नारा ‘हाम्रो भोलिका लागि आज आफ्नो बलिदान गर’ राखिएको छ ।

मणिपुरमा गत मे ३ मा भएको व्यापक हिंसाको झण्डै आठ महिनापछि बिहीबार बिहान राजधानी इम्फालबाट २३ जनाको शव काङपोकपी पठाइएको थियो ।

भारतीय वायुसेनाको हेलिकप्टरबाट पठाइएका ती शवमध्ये १९ शव कुकी–जोका छन् । सनाखत हुन नसकेको चार शव पनि छन् ।