कतारबाट भाग्दै हमासका नेताहरू

कतारबाट भाग्दै हमासका नेताहरू

कहिरन

गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तीव्र पारेपछि हमासका नेताहरू कतार छोड्न लागेका छन् ।

कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरू कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अरबी एक टेलिभिजन च्यानलका अनुसार मङ्गलवार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ । उनीहरूले सकैको फोन कल रिसिभ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ । उनीहरू कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ ।

मङ्गलवार हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर उनी टर्की गएको बताइएको छ ।

टर्कीले लामो समयदेखि हमास आतंककारीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन् । टर्की र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन् ।

इजरायलले कतारलाई  हमाससँग वार्ता जारी रहेसम्म आफ्ना नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो । तर, वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन। अब इजरायल र हमासबीचको वार्ता सकिएको छ । यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउँछ कि भन्ने डर हमासलाई छ ।