मोहन यादव मध्य प्रदेशको नयाँ मुख्यमन्त्रीमा चयन

मोहन यादव मध्य प्रदेशको नयाँ मुख्यमन्त्रीमा चयन

कहिरन

भारतीय जनता पार्टीले सोमबार एउटा चकित पार्ने निर्णय गर्दै मोहन यादवलाई मध्य प्रदेशको नयाँ मुख्यमन्त्रीमा चयन गरेको छ । मध्यप्रदेशको राजधानी भोपालमा सोमबार बसेको विधायक दलको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

बैठकमा हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरको नेतृत्वमा तीन केन्द्रीय पर्यवेक्षकहरू पनि उपस्थित थिए । यो बैठकअघि राष्ट्रियस्तरमा भावी मुख्यमन्त्रीका रुपमा मोहन यादवको नाम सायदै कसैले सुनेका थिएनन् तर स्थानीय तहमा उनको नामको चर्चा भएको बताइएको छ ।

मोहन यादव तेस्रो पटक विधायक बनेका छन् । उनी शिवराज सिंह चौहानको सरकारमा उच्च शिक्षामन्त्री थिए। मोहन यादवको नाम घोषणासँगै चौहानको बिदाइ हुने भएको छ । भारतीय जनता पार्टीले भर्खरै भएको विधानसभा चुनावमा राज्यको २३० विधानसभा सीटहरू मध्ये १६३ सिट जितेको छ। चुनावअघि भाजपाले मुख्यमन्त्रीका लागि कुनै नेताको नाम अघि सारेको थिएन।