हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा

हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा

कहिरन

चरमपन्थी समूह हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । यसमा १२ जना इजरायली नागरिक र दुई जना थाई नागरिक भएको बताइएको छ । यसअघि दुई पक्षबिच ६ दिनसम्मका लागि युद्धविरामको समय थप गरिएको थियो ।

हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि मंगलबार ३० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अनुसार १२ जना बन्धकहरू इजरायल पुगिसकेका छन् ।

गत अक्टोबर ७ को इजरायलमा गरिएको आक्रमणमा हमासले करिब २ सय ४० जना बन्धक बनाएको थियो । हालसम्म ८१ जना बन्धक रिहा भएका छन् ।

हमासको आक्रमणमा इजरायलमा १२ सय जना मारिएका थिए । त्यसपछि इजरायलले गरेको हमलामा गाजामा १५ हजारभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।