हमासले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने

हमासले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने

कहिरन

इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने भएको छ । यस क्रममा अस्थायी रुपमा युद्ध रोकिने पनि इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

इजरायलको मन्त्रिपरिषद बैठकले उक्त सम्झौतालाई अनुमोदन गरेसँगै यसको औपचारिक जानकारी दिइएको हो । इजरायली प्रधानमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी दिँदै भनेको छ, ‘इजरायल सरकार सबै बन्धकको रिहाइका लागि प्रतिबद्ध छ, आज सरकारले यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई मन्जुरी दिएको छ ।’

उता, हमासले पनि विज्ञप्ति जारी गर्दै मानवीय आधारमा युद्धविरामका लागि सहमति भएको जनाएको छ । यो सम्झौताका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार र इजिप्टप्रति पनि हमासले आभार प्रकट गरेको छ ।