दराजको छैटौँ ११:११ क्याम्पेन : कसरी चलिरहेको धमाकेदार तयारी ?

दराजको छैटौँ ११:११ क्याम्पेन : कसरी चलिरहेको धमाकेदार तयारी ?

कहिरन

काठमाडौं । लाखौं सामानहरुमा सात करोड भन्दा धेरैको छुट प्रदान गर्ने उद्देश्यले दराजले यो वर्षको ११:११ क्याम्पेन सार्वजनिक गरेको छ । कार्तिक २५ गतेबाट सुरुहुने यो छैटौँ क्याम्पेनमा विक्रेतादेखि खरिदकर्तासम्म सबैले लाभ लिन सक्छन् ।

११ः११ क्याम्पेन को समयमा दराजले ग्राहकहरुको सेवामा कस्तो सुधार ल्याएको छ ? 

हामी सधैं ग्राहक केन्द्रित सेवामा विश्वास गर्छाैं । ११ः११ क्याम्पेन को समयमा बिक्री बढ्ने भएकोले ग्राहकहरुको जिज्ञासा पनि बढ्छ र हामी यो समयमा निकै सक्रिय भएर काम गर्छौं ।  निर्धारित समय भन्दा अघि नै विगतको तथ्याङ्कहरुको समीक्षा गर्दै, यो वर्षको लागि स्रोत साधन परिचालन गर्छाैं ।

नयाँ प्रतिनिधिहरुको नियुक्तिको प्रक्रिया पनि हामी एक महिना अघि देखि नै सुरु गर्छाैं जसले गर्दा हामीलाई उनिहरुलाई तालिम दिन र हाम्रो सेवाको बारेमा विस्तृत ज्ञान प्रदन गर्न सहज हुन्छ र नयाँ कर्मचारीहरुले पनि हाम्रो ग्राहकमहानुभावहरुको जिज्ञासाको उचित समाधान गर्न सक्नुहुन्छ ।

विगतको ११ः११ क्याम्पेन ले सिकाएको पाठहरु पनि हामीलाई निकै महत्वपूर्ण हुन्छ र हामी विगतका गल्तीहरु नदोहोर्याउन सक्दो प्रयास गर्छाैं । यो वाहेक ११ः११ को समयमा ग्राहकहरुलाई सहज र सुरक्षित सपिङ्ग अनुभव प्रदान गर्न प्लेटफर्मको साइबर सुरक्षा हाम्रो उच्च निगरानीमा हुन्छ ।

यो सबै कार्य पछि हामी गर्वका साथ भन्न सक्छौं कि हामी ग्राहकहरुलाई उत्कृष्ट सपिङ्ग प्लेटफर्म उपलब्ध गराउँछौं ।

विमल अर्याल, प्रमुख परिचालन अधिकृत 

११.११ जस्तो ठूलो क्याम्पेनमा खरिदकर्ताहरुको संख्यामा उल्लेखनीय बिद्धी हुन्छ । यो समयमा दराजले सामानहरुको डेलिभरी समयमा भएको कसरी सुनिश्चित गर्छ ? ग्राहकहरुको उच्च माग पूरा गर्न कम्पनीको पूर्वाधार तथा जनशक्तिको  तयारीहरू कस्तो छ ?

११.११ सुरुहुनु अघि नै हामी विगतको तथ्याङ्कहरु समीक्षा गरेर र बजारी मागको अनुशन्धान गरेर यो वर्ष मागमा हुनसक्ने वृद्धिको अनुमान गर्छाैं । यसले हामीलाई कार्यभारको एउटा ढाँचा दिन्छ । दराजले छिटो र भरपर्दो डेलिभरी गर्नको लागि आफ्नो लजिस्टिक प्रक्रियालाई सुधारको प्रयासहरु निरन्तर गर्दै आइरहेको  छ्र दक्ष जनशक्तिको निर्दिश्टता, विश्वासिलो प्रणाली र प्रक्रिया, लजिस्टिक पूर्वाधार, प्रक्रियाहरुको आधुनिकिकरण र सवलीकरणको प्रयासहरुले नै हाम्रो सेवालाई भनेको समयमा प्रदान सहजीकरण गर्दछ।

११.११ लाई मध्यनजर गरी हामीले हाम्रो र लजिस्टिक पार्टनरहरुसँगको साझेदारी मार्फत दराजको लजिस्टिक प्रक्रियामा सामेल हुने सम्पूर्ण जनशक्तिलाई आवश्यक तालिम प्रदान गर्दै लजिस्टिक पुर्वाधारहरुको उचित व्यवस्थापनको तयारी सम्पूर्ण रुपमा सकिसकेकाछौं ।

 

हामीले लजिस्टिक प्रक्रियाहरूलाई प्रयोगकर्ता मैत्री, झन्झटमुक्त र सरल बनाउन २०८० भरिनै योजना बनाई लगातार लागि परेका छौ जस अन्तर्गत हाम्रो लजिस्टिक प्रक्रियामा आधुनिक प्रविधिहरु जस्ता मानवरहित पारसल लिने काउन्टरको व्यवस्था गरेका छौं, सेवाग्राहीहरुको उच्च चापलाई व्यवस्था गर्न व्यवस्थापना प्रणाली लागु गरेका छौं। हाम्रो आन्तरिक प्रक्रियालाई छिटो छरितो बनाउन विभिन्न अटोमेशनको प्रक्रियाहरु अबलम्बन गरेका छौं, जस अन्तर्गत अर्ध–स्वचालित वैज्ञानिक प्रविधिहरु छन्, जसले पार्सलहरुलाई गन्तव्य अनुरुप वर्गीकरण गर्न ठूलो सहयोग गर्छ।

 छोटकरीमा भन्नुपर्दा दराजको हाल सम्मको यात्रा कस्तो थियो र नेपालमा ई–कमर्सको भविष्य कस्तो देख्नुहुन्छ ? 

बिगतका केहि वर्षलाई पुनरावलोकन गर्दा  दराजको  हाल  सम्मको यात्रा चुनाती संग संगै अवसर मिश्रित रह्यो  र यहि  दौरानमा हामीले  नेपालको विद्युतीय व्यपारको क्षेत्रमा थुप्रै  सम्भावनाहरुलाई यथार्तमा रुपान्तरण पनि गर्न सक्यौं,  सीमित सेवाग्राही  सीमित बिक्रेता र  सीमित सहरहरुलाई थुप्रै रणनीति र  कार्ययोजनाबाट  यी  क्षेत्रहरुलाई  आज  विस्तृत परिस्कृत  बनाउदैं छौं  र यो  प्रक्रियामा अनवरत लाई परि रहने छौं ।

नेपाल जस्तो भौगोलिक  विविधतायुक्त देशमा १०० भन्दा बढी सहरमा डेलिभरी सेवा बिस्तार गर्नु हाम्रो लागि निकै चुनौतीपूर्ण थियो ।  तर यहि प्रक्रियामा हामीले बुझ्यौं कि अझै धेरै शहर बाकि रहेछ र नेपाल भरिका जनतालाई ई–कमर्स कारोबारमा जोड्न बाँकी छ। हामीले केहि वर्ष अघि मात्र २७ सहरमा डेलिभरी सेवा प्रदान गर्दै आएका थियौं भने दराजले हल नेपालका १०८ ठाउँहरूबाट आफ्ना ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ । हाम्रा ८५% बिक्रेता साना तथा मझौला उद्योग छन् भने, ३५% काठमाडौं उपत्यका बहिरका छन् ।

आजको दिन सम्म आइपुग्दा दराजमा १८ हजार बिक्रेताहरु आवद्ध छन् र यो बढ्ने क्रममा छ । बृहत रुपमा सिङ्गो राष्ट्रलाई  डिजिटल अर्थतन्त्रको बाटोमा  डोहोर्याउन धेरै बैंक तथा बित्तिय संस्था र वालेट साझेदारहरु आज दराज संग आवद्ध छन्, जसले क्रेता र बिक्रेतालाई पनि सहजकर गरिरहेका छन् ।

यहि विकाश क्रमलाई परिमार्जित गर्दै र दायेरा फराकिलो बनाउदै नेपाली उपभोक्ताहरूमा विद्युतीय व्यापारप्रतिको विश्वास बढाउदै जाने विश्वास लिएका छौं । साथसाथै आगामी दिनहरुमा  विद्युतीय व्यापारको परिमाण र गुणात्मक रुपमा पनि विकाश हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

प्रबिन रुक्शान, व्यवसाय निर्देशक 

११ः११ जस्तो ठूलो क्याम्पेन को तयारी कसरी हुन्छ र यसबाट तपाईंको अपेक्षा कस्ता छन् ? ११ः११ को लागि रणनीतिहरु बनाउने र कार्यान्वयन गर्ने प्रक्रिया कस्ता छन् ?

११ः११ जस्तो ठूलो क्याम्पेन को तयारीमा हामी एकदमै व्यवस्थित ढङ्गले बजारको अवस्था बुझने प्रयास गर्छौं । एउटा संस्थाको दृष्टिकोणबाट ११ः११ क्याम्पेन मा हाम्रो उद्देश्य भनेको ग्राहकहरुलाई सान्दर्भिक र उत्कृष्ट अफरहरु प्रदान गर्ने  हुन्छ ।  ग्राहकहरुले उत्कृष्ट सपिङ्ग अनुभव पाउनुभएको सुनिश्चित गर्न हामी क्याम्पेन सुरु हुनुभन्दा २–३ महिना अघि देखि नै तयारी सुरु गर्छौं । यो अवधिमा हामी औसतमा भन्दा धेरै कमचारीहरु नियुक्ती गरेर बिक्रेता, ग्राहक, तथा बजारको अवस्था बुझ्छौं । धेरै भन्दा धेरै बिक्रेताहरुलाई दराज संग आवद्ध गराउँदै उत्पादनहरुलाई दराजमा राख्न, र अधिक्तम ब्राण्ड तथा बैंकहरुलाई दराज संग आवद्ध गराउन खट्टिन्छौं । व्यापारिक दृष्टिकोणबाट, हामी ‘वाणिज्य द्वारा समुदायलाई प्रोत्साहन गर्ने’ हाम्रो दृष्टिकोणमा प्रतिबद्ध छौं। हामी अहिले १८ हजार भन्दा धेरै बिक्रेताहरु संग काम गरिरहेका छौं, जसमध्ये धेरै घरेलु, साना तथा मझौला उद्योगहरु छन् ।

व्यापारिक योजनाको पक्षबाट हेर्ने हो भने, हाम्रो रणनीतिक योजनाहरुकोलाई आकार दिन हाम्रो बजार तथा व्यापार शोधकर्ताहरुको टोलीले महत्त्वपूर्ण भूमिका खेल्छन् । शोधकर्ताहरुको टोलीले बृहत् बजार अनुसन्धान गरेर र हाम्रो आफ्नै तथ्याङ्कको अध्ययन गरेर हाम्रा ग्राहकमहानुभावहरूका लागि उत्कृष्ट अफरहरु उपलब्ध गराउन विक्रेताहरूसँग काम गर्छन् ।

हामी विश्वस्त छौं हाम्रो सेवामा जतिसुकै बृद्धि हुँदा पनि हामी गुणस्तरीय, र किफायती सामानहरू प्रदान गर्न सक्छौं।