अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने

अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने

कहिरन समाचार

बेइजिङसँग बढ्दो तनावबीच  टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १।१ अर्ब डलरको नयाँ हतियार प्याकेज सहयोगको घोषणा गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो ।

उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । ‘हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,’ प्रवक्ताले भने ।