हमास संग युद्धरत इजरायल भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति जो बाइडेन

हमास संग युद्धरत इजरायल भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति जो बाइडेन

कहिरन

 

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल र हमासबीच युद्ध जारी रहेकै बेला भोली इजरायल भ्रमणमा जानु हुने भएको छ ।

हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको अवस्था बुझ्न उहाँ इजरायल भ्रमणमा जान लाग्नु भएको अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन् । भ्रमणका क्रममा बाइडेनले हमास विरुद्ध इजरायल र अमेरिका एकजुट भएको सन्देश दिनुहुने छ । इजरायल भूमिमा हुने कुनै पनि आतंकबादी गतिबिधिलाई निर्मुल पार्ने उद्घोष गरेको अमेरिकाले इजरायलका लागि सैन्य सामग्री उपलब्ध गराउनुका साथै मानवीय सहायताका लागि पनि साथ रहेको बताइसकेको छ ।

बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र बिदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाईएको छ । इजरायल र हमास बीचको युद्ध ११ औं दिनमा प्रवेश गर्दा हालसम्म ४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । जसमा १५ सय इजरायली नागरिक र २८ सय ५० बढी प्यालेस्टाइनी र बाँकि अन्य देशका नागरिक रहेका छन् ।