युक्रेनको बाख्मुत पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

युक्रेनको बाख्मुत पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

कहिरन समाचार

एजेन्सी । रुसले युक्रेनको बाख्मुत शहर पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । रुसको वाग्नर भाडा समूहका प्रमुख येभगेनी प्रिगोजिनले स्थानीय समय अनुसार आज दिउँसो १२ बजे बखमुत शहरलाई पूर्णरुपमा नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

पूर्वी युक्रेनी सहरमा सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको केन्द्र बिन्दुका रुपमा बाख्मुत परिचित छ । प्रिगोजिनले रुसी झण्डा र वाग्नरका ब्यानर बोकेका लडाकुहरूको लाइनको अगाडि बसेको भिडियो सार्बजनिक गर्दै उक्त दाबी गरेका हुन् । आफ्नो सेनालाई आराम र पुनः तालिमको लागि मे २५ देखि बखमुटबाट फिर्ता ल्याउने उनले बताएका छन् ।

तर, युक्रेनी सेनाले भने उक्त दाबी अस्वीकार गरेको छ । युक्रेनी संयुक्त सेनाका प्रवक्ता सेर्ही चेरेवातीले वाग्नरको दाबीमा कुनै सत्यता नभएको दाबी गरेका हुन् । सहरमा लडाइँ भइरहेको र “स्थिति नाजुक“ रहेको उनको भनाई छ ।