चरमपन्थी संगठन अल शबाबद्वारा सोमालियाको एक होटलमा आक्रमण

चरमपन्थी संगठन अल शबाबद्वारा सोमालियाको एक होटलमा आक्रमण

कहिरन समाचार

पूर्वी अफ्रिकी देश सोमालियाको अतिवादी समूह अल–शबाबले राजधानी मोगादिसुको एउटा होटल कब्जा गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीले होटलमा प्रवेश गर्नुअघि भवन बाहिर दुईवटा ठूला विस्फोट गराए र गोली चलाउन थाले ।

अल–शबाबले आफ्नो बयानमा होटल कम्प्लेक्स आफ्नो कब्जामा लिएको दाबी गरेको छ । उनीहरुले ‘सबैलाई गोली हान्यौँ’ पनि भनेका छन् ।​ मोगादिसुको एम्बुलेन्स सेवाका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई आक्रमणमा नौ जना घाइते भएको र उनीहरुलाई होटलबाट बाहिर निकालिएको जानकारी दिएको छ ।

अप्रमाणित भिडियो र फोटोहरू सामाजिक सञ्जालमा बढ्दो रूपमा शेयर भइरहेका छन्, जसमा होटलबाट धुवाँ र ठूलो विस्फोटको आवाज सुन्न सकिन्छ ।

‘द हयात’ नाम दिइएको यो होटल मोगादिसुको लोकप्रिय गन्तव्य हो, जहाँ संघीय सरकारी कर्मचारीहरू प्रायः भेट्छन् ।