एचआईभीको औषधि सहज उपलब्ध गराउन माग

एचआईभीको औषधि सहज उपलब्ध गराउन माग

कहिरन समाचार

साउन १२, काठमाडौँ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ । महासंघको टोलीले बुधबार राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष खगेन्द्र खड्का नेतृत्वको टोलीले सरकारी लापरवाहीले सङ्क्रमितको ज्यानसमेत गइरहेको जनाउँदै ध्यानाकर्षण गराएको हो । सङ्क्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेको उनीहरूको भनाइ छ । जसले गर्दा केही जिल्लामा औषधि नपुगेको र सङ्क्रमितले औषधि खान नपाएको महासंघले जनाएको छ ।

त्यस्तै, कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका सङ्क्रमितको उपचार गर्ने तयारी भएको थियो । तर, केन्द्रकै लापरवाहीले समयमै औषधि नपाउँदा दुई जनाको ज्यान गएको महासंघले जनाएको छ ।