डेंगुका कारण २१ जनाको मृत्यु

डेंगुका कारण २१ जनाको मृत्यु

कहिरन समाचार

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान भएको हो ।  ७५ जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ६४३ जनामा संक्रमित हुँदा  १ नम्बर प्रदेशमा ५६० जना संक्रमित भएका छन् ।

यस्तै सुदुरपश्चिम प्रदेशमा ५६७, गण्डकी प्रदेशमा ४०९, मधेश प्रदेशमा २१६ र कर्णाली प्रदेशमा  २०७ जना संक्रमित  भएको मन्त्रालयले जनाएको छ ।