२२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण

२२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण

कहिरन समाचार

नेपालमा थप २२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ५८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिबाट २०६ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४४ पुगेको छ । यता थप २ लाख ६९ हजार ६४५ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।