दक्षिण कोरियामा कोरोनाबाट थप ४३ हजार सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाबाट थप ४३ हजार सङ्क्रमित

कहिरन समाचार

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् ।   योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ ।

केहीदिन अघिसम्म दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ । अघिल्लो हप्ता पनि औसतमा दैनिक एक लाख चार हजार नयाँ सङ्क्रमित हुने गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये  पाँच सय ९७ जना गम्भीर अवस्थामा रहेका छन् । तीमध्ये १६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार छ सय १८ जनाको मृत्यु भएको छ ।