यो साता कोभिड–१९ संक्रमण क्रमशः घट्दो

यो साता कोभिड–१९ संक्रमण क्रमशः घट्दो

कहिरन समाचार

यो साता कोभिड–१९ संक्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।

यो महिनामा सबैभन्दा बढी संक्रमण भदौ १ गते देखिएको थियो। त्यसदिन ८५२ संक्रमित भेटिएका थिए।

त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासी बढेर ६५८ संक्रमित फेला परेका थिए। भदौ ७ गतेपछि भने संक्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ।

प्राप्त विवरणअनुसार भदौ ७ गते ६३४, ८ गते ४८७, ९ गते ४४४ र १० गते ३२४ मा संक्रमण देखिएकामा आज संक्रमण घटेर १७३ मा झरेको छ।

पछिल्लो २४ घण्टामा निको भएर घर गएका बिरामीको संख्या ३९६  छ।

मन्त्रालयका अनुसार आज ४७ हजार १५२ ले खोप लगाएका छन्। आज कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या तीन हजार ६१२ छ।

निको हुने दर ९८ दशमलव चार प्रतिशत छ। हालसम्म ११ हजार ९९९ को मृत्यु भएको छ।