कृष्ण सिटौलामा कोरोना संक्रमण

कृष्ण सिटौलामा कोरोना संक्रमण

कहिरन समाचार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक तथा कांग्रेस नेता कृष्ण सिटौलामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार ह्याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा केही समस्या देखिएपछि उनी परीक्षणका लागि हेम्स अस्पतालमा पुगेका थिए । उनी अहिले  निवासमै आइसोलेशनमा रहेका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।