राजा त्रिभुवन र महेन्द्र चढेका गाडी नारायणहिटी सङ्ग्रहालयमा

राजा त्रिभुवन र महेन्द्र चढेका गाडी नारायणहिटी सङ्ग्रहालयमा

कहिरन समाचार

साउन १२, काठमाडौँ । राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका गाडी सर्वसाधारणको अवलोकनका लागि नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले राजा त्रिभुवन र महेन्द्रले चढेका गाडी सर्वसाधारणको अवलोकनका लागि खुला गरेको हो ।

राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन वटा गाडी अवलोकनका लागि राखिएको सङ्ग्रहालयका सूचना अधिकृत बुद्धिबहादुर गुरुङले बताए । उनका अनुसार, राजा त्रिभुवनले प्रयोग गरेको काठको क्यारियर भएको पिकअप ट्रक अवलोकनका लागि राखिएको छ । यो ट्रक शिकारका क्रममा प्रयोग हुने गरेको थियो ।

त्यस्तै, राजा त्रिभुवनले नै प्रयोग गर्ने बा।अ २ नम्बरको कार पनि अवलोकनका लागि राखिएको हो । यससँगै राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि अवलोकन गर्न पाइने भएको छ ।

यी तीन गाडीसँगै राजपरिवारले प्रयोग गरेका अन्य गाडी पनि अवलोकन गर्न सकिन्छ । जुन यसअघि नै अवलोकनका लागि राखिएका थिए ।