शाहरुख खानको फिल्म ‘पठान’ यही बुधबार अर्थात जनवरी २५ बाट रिलिज हुँदै

शाहरुख खानको फिल्म ‘पठान’ यही बुधबार अर्थात जनवरी २५ बाट रिलिज हुँदै

कहिरन समाचार

भारतका सीमित ठाउँमा मात्र फिल्मको बुकिङ खुलिरहँदा दर्शकले सबै हलमा बुकिङ खोल्न माग गरिरहेका छन् । अधिकांश हलवालाले लामो समयसम्म दर्शकहरु फिल्म हेर्न हलमा नआइरहँदा फिल्म ‘पठान’ले ती दर्शक पुनः हलमा आएर टिकट बुक गर्न थालेको बताएका छन् ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शले ‘पठान’ प्रति फिल्म उद्योगका सबैजना उत्साहित र आशावादी रहेको बताए । ‘मैले प्रमुख तीन प्रदर्शकसँग कुरा गरेको थिएँ । उनीहरु खुशीले उफ्रिएका छन् । उनीहरु फिल्मलाई २५ जनवरीभन्दा अगाडि नै ल्याउन माग गरिरहेका छन् । एउटा फिल्मको लागि सिंगो उद्योग नै आश्रित हुनु एउटा दुर्लभ उदाहरण नै हो । यसले अगाडिको बाटो देखाउनेछ । पहिलो त्रैमासिकमा धेरै राम्रा फिल्म आउँदैछन् । तर जब पहिलो बलमा चौका मारिन्छ, त्यसको महत्व नै फरक पर्छ’, तरुण भन्छन् ।