पठाओ दुर्घटनामा कलाकार खड्का घाइते

पठाओ दुर्घटनामा कलाकार खड्का घाइते

कहिरन समाचार

कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

खड्काको अहिले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको कलाकार उत्तम केसीले बताए । ‘खड्का अहिले खतरा मुक्त त रहेकी छन्,’ केसीले भने, ‘टाउकोमा पश्चिस टाका लगाइएको छ । शरिरका अन्य बिभिन्न भागमा चोट छन् ।’ डाक्टरले खड्का खतारा मुक्त रहेको बताएपनि केही दिन अझै अस्पताल रहने केसीले सुनाए ।

सोच, रुमालै छ चिनो लगायत केही फिल्म अभिनय गरेकी खड्काले नदेखिएको जात, उल्टो सुल्टो,  नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल अभिनय गरेकी छन् । खड्काको अभिनय रहेको थुप्रै म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।