सानोपर्दाबाट करियर सुरु गरेका ४ हिट अभिनेत्री

सानोपर्दाबाट करियर सुरु गरेका ४ हिट अभिनेत्री

कहिरन समाचार

मुम्बई । फिल्म वा सानोपर्दा अभिनयमा नाम कमाउन कुनैपनि कलाकारलाई सजिलो छैन । त्यसमा पनि अभिनेत्री हुन त निकै कठिन छ । त्यसका लागि सुन्दर हुनुका साथै अभिनयमा पनि अब्बल हुनपर्छ । सुन्दर अनुहार र राम्रो अभिनय भयो भने सानोपर्दाबाट सुरु गरेर पनि फिल्ममा राज गर्न सकिन्छ  । उदाहरणको रूपमा विद्या बालन, यामी गौतम, प्राची देसाई र मृणाल ठाकुरलाई लिन सकिन्छ । यी अभिनेत्री सानोपर्दा करियर सुरु गरेर पनि बलिउडमा राज गर्न सफल भए ।

विद्या बालन : विद्या बालन पछिल्लो समय बलिउडकी उत्कृष्ट अभिनेत्री हुन् । ९० को दशकको चर्चित शो ‘हम पाँंच’ बाट पहिचान बनाएकी उनले म्युजिक भिडियो र व्यावसायिक विज्ञापनबाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि सन् २००३ मा बंगाली फिल्म ‘भालो थेको’ अभिनय गरेकी उनको पहिलो बलिउड फिल्म ‘परिणीता’ हो । जुन २००५ मा बनेको थियो । जसबाट उनले फिल्मफेयर अवार्ड समेत हात पारेकी थिइन् ।

यामी गौतम : यामी गौतम बलिउडको चर्चित अनुहार हुन् । ‘विक्की डोनर’ बाट बलिउड यात्रा सुरु गरेकी उनको त्यसअघि चाँद के पार चलो, ये प्यार ना होगा कम जस्ता टिभी सिरियल आएको थियो । यामीले ‘बदलापुर’, ‘काबिल’, ‘उरीः द सर्जिकल स्ट्राइक’ र ‘बाला’ जस्ता फिल्ममा पनि काम गरेकी छन् । त्यही क्रममा उनले ४ जुनमा फिल्म निर्माता आदित्य धरसँग विवाह गरिन् । यामीको पछिल्लो समय ‘भूत पुलिस’ आएको थियो ।

मृणाल ठाकुर : टिभी सरियल कुमकुम भाग्यबाट मृणाल ठाकुरले अभिनयमा डेब्यु गरेकी हुन् । बलिउड डेब्यु भने ‘लव सोनिया’ हो । त्यसपछि सुपर ३० मा ऋतिक रोशनको साथ देखिएकी उनी जोन अब्राहमको एक्शन फिल्म ‘बाटला हाउस’मा पनि थिइन् । हालै रिलिज भएको फिल्म ‘सीमा रामम’ मा उनको अभिनयको निकै प्रशंसा भयो ।

प्राची देसाई : अभिनेत्री प्राची देसाई अहिले बलिउडबाट टाढा छिन् । टेलिभिजन सिरियल ‘कसम’ बाट अभिनयमा डेब्यु गरेकी उनले फिल्म ‘रक अन’ बाट बलिउड डेब्यु गरेकी थिइन् । फिल्ममा फरहान अख्तर पनि मुख्य भूमिकामा थिए । प्राचीले बलिउडका धेरै राम्रा फिल्ममा काम गरेकी छिन् । यस बाहेक उनी ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘बोल बच्चन’, ‘पुलिसगिरी’, ‘अजहर’, ‘म’, ‘म र मैं’ मा देखिइसकेकी छिन् ।