फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा

फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा

कहिरन समाचार

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा पनि जोडिएका छन् । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा झालाई अनुबन्धित गरेको हो ।

फिल्मका लागि केही दिनअघि अभिनेत्री विपना थापा पनि भित्रिएकी थिइन् । पुरानी अभिनेत्री थापाको १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन हुने भएको छ ।

चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको  छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, भने दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।