फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

कहिरन समाचार

मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि रेकर्ड छ । ती कलाकार जसले फिल्म फ्लप भएपछि घटाए आफ्नो फिस ।

अक्षय कुमार :
अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यो वर्ष उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । उनको पछिल्लो फिल्म ‘राम सेतु’मा देखिएका थिए । यो फिल्मले पनि खासै कमाल देखाउन सकेन । मिडिया रिपोर्टका अनुसार अक्षयले फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को लागि आफ्नो पारिश्रमिक घटाएका छन् ।

टाइगर श्राफ :
कोरोना महामारीपछि टाइगरको करियर अलि सुस्त भएको छ । फिल्म ‘हिरोपन्ति २’ फ्लप भएपछि उनले पनि पारिश्रमिक घटाएका छन् । रिपोर्टका अनुसार अभिनेतालाई फिल्मका निर्माताहरूले फिस कम गर्न आग्रह गरिरहेका छन् ।