‘सोल अफ द कमान्डो’ को ट्रेलरमा के छ ?

‘सोल अफ द कमान्डो’ को ट्रेलरमा के छ ?

कहिरन समाचार

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दसौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल खेलाडी राजकुमार राईको अभिनय रहेको फिल्म हो ‘सोल अफ द कमान्डो’ । फिल्मको ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले २३ मंसिरलाई फिल्म प्रदर्शन मिति तोक्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा राजकुमार राईको एक्सनका दृश्यहरुले विसेष स्थान पाएको छ ।

राईले यसै फिल्म मार्फत २४ वर्षपछि फिल्म अभिनय क्षेत्रमा पुनरागमन गरेका हुन् । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ ।

मिलन राईको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको फिल्म ‘सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनीका राईको मुख्य छ ।

फिल्मका निर्देशक युवराज (वीरबहादुर) राई हुन् । मिलन राई, रवि थापा र धन लिम्बू निर्माता रहेको फिल्ममा आनन्द राई र सन्तोष दुमी राईको संगीत छ  ।