गायक रामकृष्ण ढकालको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक

गायक रामकृष्ण ढकालको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक

कहिरन समाचार

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।

गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अनुषा अधिकारीको रोमान्स रहेको छ । प्रेमकथा बुनिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी गम्भीर बिस्टले गरेका हुन् । भिडियो गायक  ढकालले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।