नयाँ सूत्रधारको सिजन सुरु हुँदै

नयाँ सूत्रधारको सिजन सुरु हुँदै

कहिरन समाचार

कार्यक्रम सूत्रधारको नयाँ सिजन छिटै नै सुरु हुन गइरहेको छ । पहिलो सिजन घरेलु हिंसा, प्राणघातक रोगहरू, राजनीतिबाट पीडित पक्ष, वैदेशिक रोजगारीले निम्त्याएको दुःख, शारीरिक रूपले अशक्त विषयवस्तु समेटिएकोमा यस पटक फरक शैलीमा प्रस्तुत गरिने कार्यक्रम निर्माता प्रज्वल राज शाक्यले बताएका छन् ।

सूत्रधार सिजन २ नाम दिइएको यस कार्यक्रममा यस पटक विदेशमा रहेका नेपालीको रहनसहन, जीवनशैली र भोगाइमा आधारित रहेर प्रस्तुत गरिनेछ । सूत्रधार २ यस पटक विभिन्न देशहरुमा गएर छायाङ्कन गरिने कार्यक्रम निर्देशक सुदीप खनाल बताउँछन् । पछिल्लो सिजन जस्तै यस सिजनमा पनि वरिष्ठ चलचित्र निर्देशक नारायण पुरी प्रस्तोता रहनेछन् । यस सिजन १३ भागसम्म प्रस्तुत गरिनेछ र यो सिजनमा पनि लेखन तथा छायाङ्कन राजेश ढकालकै हुने छ । पहिलो सिजन हिमालय टेलिभिजनबाट प्रसारण भएको थियो भने दोस्रो सिजन प्राइम टेलिभिजनबाट प्रसारण हुनेछ ।