मुन्द्रेले अमेरिकामा हसाए दर्शक

मुन्द्रेले अमेरिकामा हसाए दर्शक

कहिरन समाचार

हास्य कलाकार जीत नेपाल मुन्द्रेले अमेरिकामा दर्शक हसाएका छन् । उनले डिसी महानगर क्षेत्रमा शनिबारका दिन केसी डान्स सेन्टरद्वारा आयोजित ‘कलिउड नाइट २०२२’ कार्यक्रममा आफ्नो प्रस्तुति मार्फत दर्शक हसाएका हुन् ।

खचाखच भिड रहेको कार्यक्रममा बिशेष आकर्षण नै जीतु भएका थिए ।  अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति समेत रहेको कार्यक्रममा मुन्द्रेले २–४ वटा प्रस्तुति गरेका थिए, भने उनको प्रस्तुतिलाई दर्शकले औधी मन पराए ।
कार्यक्रम लोकगायक प्रेमराजा महत, गायिका शान्ति भण्डारी, संजोक योञ्जन, अभिनेता राहुल केसी, सबिना बज्राचार्य, लुना श्रेष्ठ ,नबिन केसी ,सारङ्गा श्रेष्ठ लगायतको समेत प्रस्तुति रहेको थियो ।

दशैँको दुर्गा अम्बे स्तुतिको सामूहिक प्रस्तुतिसँग सुरु भएको कार्यक्रमम सबै जातजातिलाई समेट्दै हिमाल, पहाड र तराईका बिभिन्न जातजातिका बिशेष गीतहरूमा किशोरीहरूको प्रस्तुति मार्फत राखिएको थियो । कार्यक्रमको अन्त्यमा दशैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि राखिएको थियो ।