फागुन १९ मा ‘छक्का पञ्जा ४

फागुन १९ मा ‘छक्का पञ्जा ४

कहिरन समाचार

दीपक राज गिरी र दीपाश्री निरौलाको टिमबाट निर्माण भएको पछिल्लो फिल्म ‘छक्का पञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।

फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शनमा ल्याइन लागेको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् । ‘छक्का पञ्जा ४’ हेमराज विसीले निर्देशन गरेका हुन् ।