थुप्रियो फिल्म अभिनेत्री आँचलसँग

थुप्रियो फिल्म अभिनेत्री आँचलसँग

कहिरन

विवाहपछि अभिनेत्रीको करिअर सङ्कटमा पर्छ’ नेपाली फिल्म क्षेत्रको यो भनाई कति अभिनेत्रीको लागि मिलेको होला । तर अभिनेत्री आँचल शर्माको हकमा भने यो मिलेको छैन । किनभने विवाहपछि पनि उनको करियरमा एकनासको रफ्तारमा छ । अहिले उनको ‘पाइपलाइन’मा जति फिल्म अन्य अभिनेत्रीसँग छैन ।

आँचलको हातमा अहिले ६ फिल्म छन् । अघिल्लो हप्ता मात्र फिल्म ‘डिग्री माइला’को छायाङ्कन सकाएकी उनले यसै साता दुई वटा फिल्म ‘पिताम्बर’ र ‘दुःखी आत्मा’ सम्झौता गरिन् । अव यी दुवै फिल्मको छायाङ्कनमा उनले जुट्नुपर्नेछ ।

फिल्म ‘पिताम्बर’मा प्रदीप खड्का र ‘दुःखी आत्मा’मा उनको जोडी दयाहाङ राई बन्नेछन् । भर्खर छायाङ्कन सकिएको फिल्म ‘डिग्री माइला’मा पनि उनी दयाहाङकै जोडी बनेकी छन् ।

यसका अलावा उनीसँग ‘राजमहल’, ‘एक मुठ्ठी बादल’ र ‘वर एण्ड बधु’ गरि अन्य तीन फिल्म पनि छन् । उनले सम्झौता गरेका प्रायः फिल्म यसै वर्ष छायांकनको तयारीमा छन् । जसले गर्दा उनलाई सेड्युल मिलाउन धै–धै पर्ने देखिएको छ ।

यस्तै उनी अभिनित फिल्म ‘डिग्री माइला’ चैत ३० गतेबाट प्रदर्शनमा आउदैछ । यो फिल्मको पनि प्रचारमा उनले समय दिनुपर्नेछ । ससर्ती हेर्दा उनलाई अबको यो वर्ष फिल्मको छायाङ्कन र प्रचारको चटारो पर्ने देखिन्छ । तर उनी भने बिन्दास रूपमा देखिँदै आएकी छन् । केही दिन अगाडि मात्र मात्र उनले भनेकी थिइन्, ‘कम तनाव लिन र उत्कृष्ट आनन्द लिनुस्’ ।