युवराज चौलागाईको नयाँ गीत ‘नझुक्याउ’ बोलमा सार्वजनिक

युवराज चौलागाईको नयाँ गीत ‘नझुक्याउ’ बोलमा सार्वजनिक

कहिरन

लोकप्रिय गायक युवराज चौलागाईले नयाँ गीत ‘नझुक्याउ’ बोलमा ल्याएका छन् । गीतमा गायक चौलागाई कै सङ्गीत सुन्न र दीपिका थापाको शब्द छ ।

गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा गायक चौलागाईं सहित कुसुम शर्मा तथा विकाश लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

मेनुका ढकालको समेत अभिनय रहेको यो भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायाङ्कन गरेको हो । मिलन विश्वकर्मा यो भिडियोका सम्पादक हुन् ।