नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस

नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस

कहिरन

नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस भएको छ । आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको उम्मेदवार सिफारिमा दुई जना कलाकारको नाम परेको हो ।

बागमती प्रदेशबाट कालाकार नीर शाहको नाम सिफारिस भएको छ भने गण्डकी प्रदेशबाट कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम सिफारिस भएको छ । सभापति शेरबहादुर देउवा निकट थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।