गायक बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक

गायक बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक

कहिरन

गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, सङ्गीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहीन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुखमा साथ दिने प्रेमीको चाखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

माया हेराई भोगाई जस्तै महसुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको  सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् । उनीहरूको यो प्रेम रोमान्स हेर्दा लाग्छ यो अभिनय नै नभएर यर्थाथ संसारको एउटा हिस्सा नै हो ।

भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईको छायाङ्कन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इन्जिनियर  हुन् ।