फूल छ कि काँडा’ बोलको गीतको  नयाँ म्युजिक भिडियो सार्वजनिक

फूल छ कि काँडा’ बोलको गीतको  नयाँ म्युजिक भिडियो सार्वजनिक

कहिरन

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको  नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् ।

साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत  सुवेदीको शब्द सिर्जना रहेको छ भने  वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत दिएका हुन् ।

सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका  छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औँ राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला,साहित्य र गीत सङ्गीतको क्षेत्रलाई निकै मलजल  गरेका थिए ।

सुवेदीको संयोजन र सम्पादनमा ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए । त्यसो त उनको आफ्नै आवाजमा अडियो बुक रेकर्ड गरेका छन्, जुन उनको आफ्नै कृति हो ।