यतिबेला फिल्म भुल भुलैया ३ को चर्चा

यतिबेला फिल्म भुल भुलैया ३ को चर्चा

कहिरन

यतिबेला फिल्म भुल भुलैया ३ को चर्चा छ । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा सारा अली खानलाई काष्ट गरिने चर्चा चलिरहेको छ । यी दुईले यसअघि सन् २०२० मा आएको इम्तियाज अलीको फिल्म लभ आजकलमा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको दौरान दुबैले एक अर्कालाई डेट गरिरहेका थिए । तर पछि यिनीहरुको ब्रेक अप भयो ।

बलिउड हंगामाको एउटा रिपोर्टका अनुसार यस हरर–कमेडी फिल्मको सुुटिङ सन् २०२४ को फेब्रुअरीदेखि शुरु हुनेछ । फिल्ममा कार्तिक र सारा साथमा देखिन सक्ने बताइएको छ । मेकरहरुले यही मार्चमा फिल्मको घोषणा गरेका थिए । फिल्म आगामी वर्षको दिवालीमा रिलिज गर्ने योजना भएको बताइएको छ ।

भुल–भुलैया २ को सफलतापछि निर्देशक अनीस बज्मी र निर्माता भूषण कुमारले यो फ्रेन्चाइजीको तेस्रो पार्टमा काम गरिरहेका छन् । फिल्मको स्क्रिप्ट पूरा भइसकेको छ । यो फिल्मलाई लिएर कार्तिक र सारा दुबै एक्साइटेड भएको बताइएको छ । यो फिल्मबाट दुबैले आपसी सम्बन्ध सुधारर्ने कोशिश गरिरहेको बताइएको छ ।

हालै कफी विथ करणको आठौं सिजनमा साराले कार्तिकसँग आफ्नो ब्रेक–अपबारे कुराकानी गरेकी थिइन् । यो कुराले कार्तिक सारासँग चmनै चिढिएका थिए ।

अन्य अन्तरवार्तामा पनि साराले मिडियाले कामभन्दा धेरै आफ्नो सम्बन्धको चर्चा गरेको भन्दै कार्तिकसँगको सम्बन्धमा ब्रेक–अपको दोष मिडियालाई लगाएकी थिइन् । यतिबेला कार्तिक आर्यन चन्दू च्याम्पियनमा बिजी छन् । गएको वर्ष रिलिज भएको भूल भुलैया २ कार्तिकको सबैभन्दा हिट फिल्ममध्ये एक थियो ।