एक्सन भूमिकामा आलिया

एक्सन भूमिकामा आलिया

कहिरन

कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ । पहिले ‘पठान’, त्यसपछि ‘गदर २’, ‘जवान’ र अहिले ‘एनिमल’ ले पनि राम्रो व्यवसाय गरेको छ । यी सबै फिल्ममा अभिनेताको एक्सन रहेको थियो ।

अभिनेताको एक्सन सफलतापछि अब फिल्म मेकर अभिनेत्रीको एक्सन फिल्म निर्माणमा जुटेका छन् । नयाँ बर्ष अर्थात २०२४ को सुरुवातमै अभिनेत्री आलिया भट्ट एक्सन फिल्ममा देखिनेछिन् । भट्टले यो वर्ष दुई एक्सन फिल्म दिने चर्चा छ ।

दुई मध्ये पहिलो फिल्म धर्मा प्रोडक्सनको ‘जिगर’ रहेको छ, भने दोस्रो यशराजको अनटाइटल प्रोजेट रहेको छ । फिल्म ‘जिगर’ को बिषयमा अहिले केही जानकारी पनि आएको छ ।

समाचारका अनुसार फिल्ममा आलियाको भूमिका केही पनि रोमान्टिक एङ्गल नभएको बताइन्छ । फिल्ममा उनी आफ्नो भाइको रक्षामा उत्रिनेछिन् । आलियाको भाइको भूमिकामा वेदान्ग रैना रहेका छन् ।

वेदान्ग यसको अलवा नेटफ्लिक्सको फिल्म ‘द आर्चीज’ मा देखिनेछन् । फिल्ममा मनोज पाहवाको पनि अभिनय रहनेछ । मनोज आलियाको बुबाको भूमिकामा देखिनेछन् । फिल्मको कथा मर्डर मिस्ट्रीसँग जोडिएर निर्माण भएको बताइन्छ ।