‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज

‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज

कहिरन

निर्देशक तथा कलाकार सरोज दाहालले नयाँ टेलिसिरियल ल्याउने भएका छन्। उनको निर्देशनमा आगामी मङ्सिर १५ गतेबाट प्रसारणमा आउने ‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज गरिएको छ।

रिलिज गरिएको ३ मिनेट लामो प्रोमोमा सामाजिक एवम् पारिवारिक कथावस्तुलाई देखाइएको छ। सिरियलमा ‘टुल्के दाइ’को भूमिकामा बाबुराम शाक्य रहेका छन्।

बिएम पिक्चर्सको प्रस्तुतिमा यो सिरियल निर्माण गरिएको छ। मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मि भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाईका बस्नेत लगायतका कलाकारहरूको अभिनय सिरियलमा रहनेछ।

सिरियलमा बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा रहेको छ। अनिल जिसीले सिरियल खिचेका हुन् भने, मुकेश हमालले सम्पादन गरेका छन्। सिरियल ‘टुल्के दाइ अफिसियल’ नामक युट्युब च्यानलबाट रिलिज हुनेछ।