गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक

गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक

कहिरन

गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र हस्त तामाङको स्वर रहेको गीतले पदेशिन बाध्य युवाहरूको पीडा बोल्छ ।

गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका छन् । भिडियोमा विवाहपछि परदेशिन बाध्य एक युवाको कथालाई निर्देशक तितुङले भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

हस्त तामाङको आफ्नै शब्द र सङ्गीत रहेको गीतको छायाङ्कन लाक्पा तामाङ र निर्देशक तितुङ स्वयंले गरेका छन् । गीतमा विजय दोङ र रश्मीला तामाङको अभिनय रहेको छ ।

अनिल कुमार महर्जनले सम्पादन गरेको भिडियो एचजी मोशन पिक्चर्स नामक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका हुन् ।